भारतमा जारी महिला गोल्डकपमा आज नेपाल–भारत आमनेसामने हुँदै
न्यूज ब्यूरो । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टो

२०७५ माघ २८ सोमबार, दिउँसो १२:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।
नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।
प्रतियोगितामा एक÷एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…