ड्रग्समा ड्रगिस्ट महिलाहरु, करिब २०० महिला पक्राउ
मात्र ६ महिनामा व्यक्ती अपहरणको ५३ वटा दर्ता भएको मुद्दामा कुल ६६ जना अभियुक्त पक्राउ परेका छन ।
२०७५ माघ २४ बिहीबार, बिहान ९:२४ बजे२ मिनेट पढाइ

काठमान्डौँ, २४ माघ । शान्तीको प्रतिक मानिने देश नेपाल अहिले लागुपदार्थ दुर्वेष्ण तथा अपहरण जस्ता आपराधीक क्रियाकलापले ग्रसित भएको छ । देशको कर्णधार युवा हुन्छ भने स्वास्थ्य शिक्षाको अभाव र बैदेशिक रोजगारीका कारण युवा वर्ग सो अपराधतर्फ उक्लिदै गएको छ । जसले देशभरी अशान्तीको वातावरण बनाउँदै गएको छ ।
विगतको समयदेखि हालसम्म प्रहरीको सक्रियताले देशमा लागुपदार्थ दुर्वेष्ण तथा अपहरण जस्ता आपराधीक क्रियाकलापले गर्दा घटने गरेका घटनामा कमि आएको तथ्यांकमा रहेको छ । प्रहरी तथ्यांकका अनुसार आर्थीक वर्ष २०७४–७५ मा लागुपदार्थ दुर्वेषणका कुल ३ हजार ८८ मुद्दा प्रहरीमा दर्ता भएको थियो । सो मुद्दामा कुल ४ हजार ७ सय ५४ जना पक्राउ परेका थिए ।
जसमा स्वदेशी महिलाको संख्या १ सय ८९ र पुरुषको संख्या ४ हजार ४ सय १६ रहेको थियो भने विदेशी महिलाको संख्या १० र पुरुषको संख्या संख्या १ सय ३९ रहेको थियो । त्यस्तै सो आर्थीक वर्षमा व्यक्ती अपहरणको कुल ७७ वटा मुद्दा दर्ता भएको थियो जसमा कुल १ सय ६ जना अभियुक्त पक्राउ परेको थियो ।
अपहरणको मुद्दामा पक्राउ पर्नेमध्ये स्वदेशी महिला १० जना र पुरुष ९३ जनाका साथै विदेशी पुरुष ३ जना रहेको थियो । त्यसैगरी चालु आर्थीक वर्ष २०७५–७६ को ६ महिनामा मात्र लागुपदार्थ दुर्वेषणको कुल १ हजार ३ सय ९५ वटा मुद्दा प्रहरीमा दर्ता भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
पक्राउ परेका अभियुक्त कुल २ हजार १ सय ६६ जना रहेको छ । जसमध्ये स्वदेशी महिला ७८ जना, पुरुष २ हजार ३२ जना र विदेशी पुरुष ४५ जना रहेको छ । मात्र ६ महिनामा व्यक्ती अपहरणको ५३ वटा दर्ता भएको मुद्दामा कुल ६६ जना अभियुक्त पक्राउ परेका छन ।
पक्राउ पर्नेमा स्वदेशी महिलाको संख्या ९ र पुरुषको संख्या ५६ तथा एक जना विदेशी पुरुष रहेका छन् । बैदेशीक रोजगारी र नैतीक शिक्षाको अभावमा आमाबुबा तथा बिद्यालयमा शिक्षकको पूर्ण रेखदेख नभएकाले सानै उमेरदेखि बालबालिकाहरु दुर्वेष्णको शिकार हुँदै गएको प्रवक्ता उत्तम राज सुबेदीले बताएका छन् । मानवमा देखिने गरेको नयाँ विमारीका उपचारका लागी उत्पादन गरिएको औष्धिलाई युवावर्गले दुरुप्योग गरि समाजमा विभिन्न प्रकारका विकृती फैलाउँदै गएको प्रहरीको तर्क छ ।
जसले गर्दा अपराधीक घटनाहरु समेत घटने गरेका समाज र देशमा बढदै गएको यस्ता समस्याहरुको न्यूनिकरणका लागी प्रहरीका साथमा जनताले पनि सहकार्य गर्नुपर्ने हुन्छ । विगत केही वर्षदेखि देखिएको प्रहरीको सक्रियताल अपराधिक घटनाहरुमा निकै नियन्त्रण भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मनिष शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…