सेन्ट्रल जेलमा डा. सिके राउत उपर ज्यादती, पत्रपत्रिका पनि बन्देज
डा. राउत समक्ष कुनै प्रकारको खवर नजाओस भनेर राज्यले उनलाई पत्रपत्रिका पढनको लागि पनि प्रतिबन्ध गरेको छ ।

२०७५ माघ १९ शनिबार, दिउँसो १२:३९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १९ माघ । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतलाई काठमान्डौँ केन्द्रीय जेलमा ज्यादती गरेको रहस्य बाहिर आएको छ ।
शनिबार सेन्ट्रल जेलमा भेटघाटको लागि गएका उनका समर्थकहरुले डा. राउतको लागि पत्रपत्रिका लिएर जाँदा उनको लागि पत्रपत्रिका निषेध गरिएको सुरक्षा गार्डलाई उदृत गर्दै उनका समर्थक एवम् स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता जासर यादवले बताए ।
समाचारपत्र, पत्रपत्रिका पढने आधारभूत अधिकारलाई समेत जेलमा डा. राउतको लागि कुण्ठित गरिएको बताउँदै उनले यसलाई डा. राउतलाई मात्र केन्द्रीत गरी गरिएकोप्रति भत्सर्ना गरे । उनले भने, जेलका सुरक्षा गार्ड सुरेश लामा तामाँगले आफूलाई माथिबाट आदेश भए अनुसार डा. राउतलाई कुनै प्रकारको पत्रपत्रिका नजाओस भन्ने आएको छ बताए । डा. राउत समक्ष कुनै प्रकारको खवर नजाओस भनेर राज्यले उनलाई पत्रपत्रिका पढनको लागि पनि प्रतिबन्ध गरेको छ ।
पत्रपत्रिका र बाहिरको खवर पाउने कुनै पनि कैदीको मौलिक हक भएको भन्दै मुद्दाको प्रकृति अनुसार नै भएपनि डा. राउत उपर यस्ता प्रतिबन्ध लगाउनु उचीत नभएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…