नेपाललाई जीतका लागि नेपालसामु १०८ रनको लक्ष्य
काठमाडौँ, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई०ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसक्यो । युएइका लागि सिपी रिजवानले

२०७५ माघ १८ शुक्रबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

काठमाडौँ, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई०ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसक्यो । युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए ।
युएइका छ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । युएईलाई थोरैमा समेट्न नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई÷दुई विकेट लिए ।
नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजमा युएई १–० ले अघि छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । आज नेपाल जीत निकाल्दै सिरिज १–१ को बराबरी गर्न चाहन्छ । आजको खेलमा पराजय व्यहोरेमा नेपालले एक खेलअगाबै सिरिज गुमाउनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…