गैर आवासीय मधेशी संघद्धारा कत्तारमा पनि 'मधेशी मिलन'
कार्यक्रममा एनआरएमएको क्यालेन्डर पनि बितरण गरिएको थियो।

२०७५ माघ १३ आइतबार, बिहान ८:११ बजे२ मिनेट पढाइ
दोहा कत्तार, १३ माघ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ।
नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा एनआरएमए कतारले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रम गरेको हो। शुक्रवारको उम सलाल अली गार्डेन ९रिसोर्ट० कतारमा कार्यक्रमको आयोजित समारोहमा कतारभरी बाट करिब ७०० सयभन्दा बढी मधेशीहरु सहभागी थिए।
कार्यक्रमको सुरुमै माघे सङ्क्रान्तिको विशेष तिलको लाई तथा विभिन्न पकवानहरुको व्यवस्था गरिएको थियो।
एनआरएमएका सह सचिव दिवाकर कुमार झा र प्रवक्ता चन्द्रबीर कुमार यादवले सञ्चालन गरेको कार्यक्रमको सुरुमा मधेशको राष्ट्रिय गान बजाइएको थियो। राम जनाम शर्माले मधेशको राष्ट्रिय गान गाएपछि सहीदप्रति श्रद्धांजलि दिइएको थियो।
कार्यक्रममा रामजन्म शर्मा, सुनिल अमात राय, सुनिल यादव, पन्चलाल मधेशी, संजित दास, अमिरीबाबु साह, धिरेन्द्र राम, बिद्यानन्द यादव, धर्मेन्द्र महतो, मोहमद अस्गर अली, गौतम शर्मा, राम सुबन यादव, जगत लाल मंडल, किर्ति मुखिया, शिव कुमार पाल, राम नन्दन गुप्त, बिरेन्द्र गोइत, सुरेन्द्र नारायण यादव, मोहरम नदाफ, श्याम सुन्दर साह , जाबिर नदाफ, बिरेन्द्र साह र सुरेश कुमार मंडलले आफ्नो मन्त्वय राखेका थिए।
मधेशको समस्या समाधानको लागि र राजनीतिक, आर्थिक, समाजिक बिषयमा विचारविमर्श भएको थियो। अधिकांश वक्ताहरुले डा सीके राउतको गैरकानूनी हिरासतको निन्दा गर्दै मधेश स्वराज आन्दोलनका शाहिद राम मनोहर यादवको हत्याको छानबिन गर्न माग गरेका थिए।
कार्यक्रममा एनआरएमएको क्यालेन्डर पनि बितरण गरिएको थियो।
चित्रकला, म्यूजिकल चेयर प्रतिस्पर्धामा भाग लिएकाहरुले मध्ये साहिल गुप्ता, साधना ठाकुर, नित्यान्त यादव र आरोही ठाकुर विजयी भएका थिए।त्यसपछि आयोजित सांस्कृतिक कार्यक्रममा इन्द्रजित मंडल, सिवनाथ मंडल, सोभित मंडल, बिनोद मंडल, बिबेक राउत, सुन्दर पंडितले गायन प्रस्तुत गरेका थिए। अस्मिता शाह र निहारिका रायले निर्त्य प्रस्तुत गरे।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…