आजदेखि धनुषाको महेन्द्रनगरमै 'पशुपन्छी बजार'
धनुषा, १२ माघ । नेपाल सरकार तथा विश्व बैंकको संयूक्त लगानीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, व्यवसायिक कृषि तथा व्यापार आयोजनाद्धारा निर्मित पशुपन्छी बजार सखुवा महेन्द्रनगरको समुदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित क्षिरेश्वर जन्ता उच्च

२०७५ माघ १२ शनिबार, राति ८:३८ बजे१ मिनेट पढाइ

धनुषा, १२ माघ । नेपाल सरकार तथा विश्व बैंकको संयूक्त लगानीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, व्यवसायिक कृषि तथा व्यापार आयोजनाद्धारा निर्मित पशुपन्छी बजार सखुवा महेन्द्रनगरको समुदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित क्षिरेश्वर जन्ता उच्च मा।वि।को स्वामित्वमा रहेको जग्गामा पशुपन्छी बजार प्रमुख अतिथी नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको हाथबाट स्कुलका प्रधान्यध्यापक कमल पडिंतलाई निमार्ण गरिएको भवनको साँचो हस्तान्तिरण गरिएको छ ।
नेपाल सरकार तथा विश्व बैंकको १० करोड २१ लाख ३४ हजारको लागतमा बाख्रा सेड, भैंसी सेड, गाई सेड, बहुउदेश्यीय सेड, गाई र भैंसीको लागि खुला बजार क्षेत्र, बाख्राको लागि खुला बजार क्षेत्र, प्रशासनिक भवन, मेनेजर तथा सुरक्षा कार्डको लागि आवास, चमेना गृह र अतिथि गृह र सार्वजनिक शौचालय साथै पार्किङ्ग क्षेत्र, मुख्य द्धार, डिप बोरिङ्ग र पानी प्रशोधन केन्द्र, भेटनरी सेड निमार्ण गरिएको छ ।
यी सुविधा सम्पन्न भवनको साँचो बुझदै स्कुलका प्रधान्ध्यापक पंडित खुसी व्यक्त गर्दै निमार्णको समयमा स्कुलको अधिनमा रहेको जग्गामा बनाइएको घरहरु खालीगराउनमा जसरी दिनरात एकगरेर दुःख भोगेका थियौँ आज यी ठुला योजनाबाट बनाइएको सुविधा सम्पन्न भवनको साँचो पाएर खुशि लागेका छन ।
साथै निमार्णको समयमा अवरोध गर्नेहरुपनि आफनो घरको अगाडी यस्तो विकासको काम देखेर खुसी भएका छन । त्यस्तै कार्यक्रममा उपस्थित मन्त्री खनाल यी सुविधासम्पन्न भवन ले बजारको विकासमा सहयोग हुने जनाउँदै नेपाल कृषि प्रधान देश भएको ले बजारको विकास ले किसान आफुले उत्पादन गरेको बस्तु उचित मुल्य पाउने छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…