करेन्ट लागेर ६ जनाका मृत्यूमा प्राधिकरण भन्छ,- ' हाम्रो कुनै गल्ती छैन, गल्ती जन्तीकै' !
बसको छतमा ट्यांका राखिएकाले दुःखद् दुर्घटना भएको प्राधिकरणको दावी छ ।

२०७५ माघ १२ शनिबार, दिउँसो २:३९ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १२ माघ । धनुषाको सबैलामा शुक्रबार साँझ करेन्ट लागेर ६ जनाको मृत्यू भएपछि विद्युत प्राधिकरणले आफ्नो कुनै गल्ती नभएको प्रष्टाएका छन् ।
शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका वडा नं. ४ बल्टिया कोठियामा सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. ९ जीतपुरबाट जन्ती आएका बसको छत उपर राखिएको जस्तापाताको ट्रन्कले ११ हजार भोल्टको तार छोएपछि दुर्घटना हुन पुगेको प्राधिकरणको स्पष्टोक्ति छ ।
विद्यतु प्राधिकरणको लापरवाहीकै कारण ६ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा १० जना बढी घाईते समेत भएका छन् । प्राधिकरण उपर आरोप लागेपछि शनिबार दिउँसो नेपाल विद्युत प्राधिकरणको सखुवा शाखाले भने नगरपालिकाको आरोपको खण्डन गरेको छ । प्राधिकरणले बसको छतमा ठूला ट्रन्क राखेका कारण तार छुन पुगेर दुर्घटना भएको बताएको छ ।
शाखाका प्रमुख राजकुमार रमणका अनुसार सो बसभन्दा अघि दुई वटा बस सहज रुपमा त्यँहीबाट पार गरेको थियो । तर, बसको छतमा ट्यांका राखिएकाले दुःखद् दुर्घटना भएको प्राधिकरणको दावी छ ।
यसभन्दा अघि सो ठाउँमा तार झोलिएकोबारे प्राधिकरणमा कुनै पनि खबर समेत नआएको रमणले बताए । यता, स्थानीय जनप्रतिनीधिहरुले भने विद्युत प्राधिकरणको लापरवाहीका कारण घटना भएको दाबी गर्दै आएको छ ।
सो घटनामा सुरुमा ९ जनाको मृत्यू भनेपनि अधिकारीक पुष्टि भने ६ जनाको सनाखत सहित भएको छ । बसमा करेन्ट प्रभाव भईरहँदा ६ जनालाई निकालिएको तथा अन्य ३ जना त्यस बखत बेपत्ता हुँदा जन्तीको बयानको आधारमा ३ जना बसभित्रै जलेको हुन सक्ने आधारमा प्रहरीले पनि सुरुमा ९ जनालाई उदृत गरेको थियो । घटनाको पूर्ण विवरण र अनुसन्धानपछि ६ जनाको अधिकारीक पुष्टी गरिएको हो ।
बल्टिया देखि जरहिया जाने बाटो जन्ती चढेको बसको छत उपर राखिएको जस्ताको ट्रंकमा ११ हजार भोल्टको तार छोएपछि ठुलो जनधनको क्षति भएको हो
। सबैला नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विशेश्वर ठाकुरका अनुसार जमिनदेखि ९ मिटर माथि मात्र विद्युत्तको ११ हजार भोल्टको तार माथि पार्नको लागि विद्युत प्राधिकरणलाई निवेदन गरेपछि लापरवाही गरेको बताए ।
विगत ३ महिनादेखि नै कुनै कुनै बेला तार सर्ट सर्किट भएर आगो समेत लाग्ने गरेको भन्दै विद्यतु प्राधिकरणलाई बारम्बार जानकारीका साथै ध्यानाकर्षण गराउँदै आएको थियो तर विद्युत प्राधिकरणले कुनै प्रकारको ध्यान नदिएकै कारण शुक्रबार ६ जनाको ज्यान गएको तथा १० जना घाईते भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…