चीनमा दुई हजार व्यक्तिको मृत्यु
बेइजिङ, चीन, ३ पुुुस : चीनमा सङ्क्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ । नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ । म

२०७४ पुस ४ मंगलबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

बेइजिङ, चीन, ३ पुुुस : चीनमा सङ्क्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ ।
नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ ।
मृतकमा प्राय योनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ ।
मृतक बिरामीहरूमा जटिल श्वासप्रश्वास, भ्यागुते रोग, तथा बर्ड फ्लुका जिवाणु पनि नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…