धनुषामा ११ दिवसीय फुटबल टुर्नामेन्ट सुरु, पहिलो खेलमा बफै टिम विजयी
जनकपुरधाम, २३ पुस । आईतबारदेखी पूर्वी धनुषाको विदेह नगरपालिकामा ११ दिवसीय फुटबल टुर्नामेन्ट सुरु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नंं. ७ तिनकौरियामा राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता आईतवारदेखि शुरु भएको छ । ११ दिवसीय सो खेलमा धनुषा भरिका १२ वटा टीम सहभागीता जनाएका छन् । खेलकुदप्रति युवाहरुको उ

२०७५ पुस २३ सोमबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

जनकपुरधाम, २३ पुस । आईतबारदेखी पूर्वी धनुषाको विदेह नगरपालिकामा ११ दिवसीय फुटबल टुर्नामेन्ट सुरु भएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नंं. ७ तिनकौरियामा राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता आईतवारदेखि शुरु भएको छ । ११ दिवसीय सो खेलमा धनुषा भरिका १२ वटा टीम सहभागीता जनाएका छन् । खेलकुदप्रति युवाहरुको उत्सुकता तथा नगका खेलाडीहरुको माग अनुसार ११ दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरिएको जनाइएको छ ।
आईतबारदेखि सुरु भएको उक्त टुर्नामेन्टको प्रथम खेलको लागि विदेह नगरपालिकाका प्रशासकीय अधिकृत संदीप साहले फुटबलमा हान्दै हानेर खेलको शुभारम्भ गरे । फुटबल खेलको उद्घाटन सत्रमा स्थानीय युवाहरु, बुद्धिजीवि, नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
टुर्नामेन्ट अन्तर्गत पहिलो दिन भएको घरेलु तिनकौरिया टीम र बफै टीमबीच प्रतिस्पर्धा भएको छ । तिनकौरिया बी टिमका रन्जित पण्डितले खेलको ५ मिनेटमा पहिलो गोल हानेको थियो भने बफैका टीमले मध्यान्तरपछि खेलको सरोज शर्माले गोल हानेको निर्धारित समयमा दुबै टिमले बराबर गोल हानेको थियो ।
ट्राइब्रेकरमा बफै ५ गोल र तिनकौरिया बि टिमले ४ गोल हानेका थिए । उक्त खेलमा बफै ५- ४ गोलान्तरले बिजयी भएको हो । आईतबार सम्पन्न भएको खेलको म्यान अफ दि म्याच सरोज शर्मालाई घोषित गरिएको हो ।
फुटबल टुर्नामेन्ट खेलमा प्रथम हुनेलाई पाँच हजार नगद, प्रमाण पत्र तथा शिल्ड, दोस्रो हुनेलाई तीन हजार नगद, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिने आयोजक पक्षले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…