
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
साना, २८ मङसिर : यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ । साउदी अरेबियाको नेतृत्वमा रहेक

२०७४ मंसिर २८ बिहीबार, राति ९:२१ बजे१ मिनेट पढाइ
साना, २८ मङसिर : यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ ।
यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ ।
साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सो कारबाही गरेको हो । सुरक्षा अधिकारीले सुरुमा दिएको जानकारीअनुसार बुधबार बिहान सबेरै साना सहरको प्रमुख केन्द्रमा अवस्थित एक कारागार भवनभित्र रहेको प्रहरी शिवीरमा साउदी अरेबियासँग आवद्ध सात वटा हवाई कारबाहीमा १२ कैदीको मृत्यु हुनुको साथै अन्य ८० घाइते भएका थिए ।
तर प्राप्त पछिल्लो समाचारनुसार यस कारबाहीमा मारिने व्यक्तिको सङ्ख्या ३१ पुगेको नाम नबताउने शर्तमा एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
साथै नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले सिन्हवा समाचार समितिलाई हवाई कारबाहीमा परेको सो जेलमा पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक रहका जानकारी दिएका छन् ।
यमनका राष्ट्रपति अब्दरब्बु हादीको सहयोग गर्दै साउदी अरेबियाले हवाई आक्रमण गर्दै आएको छ । सन्.२०१५ मा हुथीले जारी राखेको द्वन्द्वको क्रममा हादी साउदी अरेबियाको शरणमा पुग्नु भएको थियो ।
यमनमा सन् २०१५ बाट जारी द्वन्द्वमा परी बालबालिकासहित १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको र ३० लाख व्यक्ति विस्थापित भएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…