'छोराले घृणा गरेपछि यी जोडीलाई दुई वर्षदेखि त्रिपालको बास'
जनकपुरधाम, ९ पुस । आमा विरामी भएपछि आफ्नै छोराले घृणा गरेर आमावुवालाई घर बाहिर फालेपछि दुई वर्षदेखि खेतको वास बस्न बाध्य भएका छन एक अटुट जोडी । प्रदेश नं. १ को राजधानी विराटनगरदेखि केही दुरीमा मात्र यी प्रेमजोडी विगत दुई वर्षदेखि त्रिपालको वास बस्न बाध्य भएका छन् । मोरँग जिल्लाको बुढीगँगा गाउँपालिका

२०७५ पुस ९ सोमबार, बेलुकी ७:५० बजे३ मिनेट पढाइ
जनकपुरधाम, ९ पुस । आमा विरामी भएपछि आफ्नै छोराले घृणा गरेर आमावुवालाई घर बाहिर फालेपछि दुई वर्षदेखि खेतको वास बस्न बाध्य भएका छन एक अटुट जोडी ।
प्रदेश नं. १ को राजधानी विराटनगरदेखि केही दुरीमा मात्र यी प्रेमजोडी विगत दुई वर्षदेखि त्रिपालको वास बस्न बाध्य भएका छन् । मोरँग जिल्लाको बुढीगँगा गाउँपालिका वडा नं. २ बस्ने बर्ष ६० श्रवण मण्डल र उनकी ५८ वर्षिय श्रीमति लक्ष्मी देवी मण्डललाई छोराले भगाएपछि त्रिपालमा बसेका छन् ।
हाईडरोसिफालस रोगले ग्रसित लक्ष्मी देवी मण्डललाई उनको एक मात्र छोराले घृणा गर्न थालेपछि दुई वर्षदेखि सडकपेटीको वास बसेर जीवन मृत्यूसँग संघर्ष गर्दै आईरहेका छन् ।
दुर्घटनाको क्रममा उनको बायाँ हात र खुटटा प्यारालाईज नै भएको छ , करिब ८ वर्ष अघि नै उनको सवारी दुर्घटनामा परी हात र खुट्टा प्यारालाईज भएपछि झन पीडा बढेको हो । आमा प्यारालाईज सहित हाईड्रोसिफालसको विरामी भएपछि उनको छोराले उनलाई घरबाट निकालेपछि श्रीमानको असल कर्तव्य निभाउनको लागि श्रवण पनि सँगै निस्केका हुन् ।
विराटनगरबाट यी जोडीहरुको बारेमा औपचारिक जानकारी आएपछि न्यूज ब्यूरोको टिमले तुरुन्तै एक्सनमा आएको थियो । न्यूज ब्यूरोबाट धनुषाका विनय कुमार यादवको नेतृत्वमा गएको समाचार सँकलन टिमले उनको प्रत्यक्ष जायजा लिएका हुन् ।
ब्यूरोकर्मी विनय कुमार यादवको रिपोर्ट अनुसार,
यी जोडी आफैँमा एक उदाहरण हुन । श्रीमान होस् त यस्तो जसले वैवाहिक बन्धनमा लिएको वाचालाई जीवन्त राख्दै विरामी र प्यारालाईज श्रीमतिको लागि आफ्नो ज्यान बेचेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…