बिसिजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु
चन्दन रौनियार, सुनसरी | सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंज टोलमा बिसिजी खोपबाट बिहीवार १ महिने शिशुको मृत्यु भएको छ । मत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौक

२०७५ पुस ६ शुक्रबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

चन्दन रौनियार, सुनसरी | सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंज टोलमा बिसिजी खोपबाट बिहीवार १ महिने शिशुको मृत्यु भएको छ ।
मत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिईन ।
खोप लगाएको केही समय पछी बेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १:५० बजे मृत्यु भएको हो । खोप लगाउने स्वास्थ्य स्वयम् सेविका ढकाललाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…