तीन हप्तादेखि एक नेपालीको शव साउदीमै, परिवार पीडामा !
सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो

२०७५ पुस ३ मंगलबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बाँके । खाडी मूलूक साउदीमा हृदयघातका कारण मृत्यू भएका एक नेपालीको शव (लास) विगत ३ सातादेखि साउदीमै रहेका कारण परिवारजन पीडामा छन् ।
साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाईको निधन भएको तीन साता भएपनि शव अहिलेसम्म साउदी अरबमै राखिएपछि परिवारजनलाई झन पीडा भएको छ ।
समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव कुरेर बसेको छ । “चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो”, मृतककी पत्नी निर्मलाले पीडा सुनाउनुभयो । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहेका उनका भाइ बरुण पनि घर आईसकेका छन् ।
“एक महीनाको बिदा लिएर घर आएको हुँ”, उनले भने, “सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।” चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहको थिए । गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर पुनः साउदी कामको शिलशिलामा पुगेका थिए ।
“कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भनेका थिए ,” श्रीमान्सँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भनिन् । शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमानकै अनुरोधमा जागीर छाडिएकी थिइन ।
३ महिनादेखि शव साउदी अरबमै भएपनि कुनै निकायले उनको शव नेपाल ल्याउन पहल नथालेको आरोप परिवारजनले लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…