प्रहरीचौकीकै अगाडी दारु भठ्ठी !
डिलरलाई केही गर्ने अधिकार नभएको

२०७५ मंसिर २८ शुक्रबार, राति १०:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । धनुषा प्रहरीले एकातर्फ अवैद्य मदिरा भठ्ठी नष्ट र मदिरामुक्त जिल्ला बनाउन लागेको अभियान चलाइरहँदा प्रहरीकै मिलोमत्तोमा प्रहरीचौकीके अगाडी भठ्ठी सँचालन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरको मातहतमा रहेको प्रहरी चौकी उमाप्रेमपुरको १० मिटर ठयाक्क सामुन्नेमै भठ्ठी सँचालन गरी खुल्लेआम अवैद्य खुल्ला रक्सी विक्रिवितरण गर्ने गरेको देखिएको छ ।
विभिन्न समयमा चेकजाँचको क्रममा अवैद्य खुल्ला मदिरा नष्ट गरेर लोकप्रियता कमाएका धनुषा प्रहरीले प्रहरीचौकीकै अगाडी भठ्ठी सँचालन गर्न दिएपछि स्थानीयहरु सशंकित भएका छन् । विभिन्न ठाउँमाबाट अवैद्य खुल्ला मदिरा बरामद गरी पोखिएको तस्विर पत्र पत्रिकामा देखाएपनि उमाप्रेमपुर चौकीका असई अरुण महतोको संरक्षणमा उक्त भठ्ठी सँचालनमा रहेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।
"अवैद्य मदिरा भठ्ठीहरु प्रहरी खोजी खोजी नष्ट गर्ने गरेको छ । यतासम्म की कच्चा पदार्थ पनि नष्ट गर्ने गरेको देखिन्छ र सुनिन्छ । ढल्केवर प्रहरीले पनि विभिन्न समयमा मदिरा नष्ट गरेर मिडियामा चर्चा कमाएपनि उनकै मातहतमा रहेको उमाप्रेमपुर चौकीको ठिक अगाडी सँचालनमा रहेको अवैद्य भठ्ठी कसको संरक्षणमा सँचालन त ? अन्य ठाउँको भठ्ठी बन्द गराउनु र प्रहरी चौकीकै सामुन्ने सँचालन गर्न दिनु अलिक पचेन । के कारण हुन सक्छ ?" उनले प्रश्न गरे ।
प्रहरीचौकीकै अगाडी रक्सी खाएर होहल्ला गर्दै समाजिक सदभाव खल्बलिने गरी वातावरण सृजना भएपनि प्रहरी चुप लागेर बसेपछि सुरक्षाको अनुभूति दिने निकायबाट विश्वास कम हुन थालेको स्थानीय राकेश साहले बताए । साहले प्रहरी चौकीका असई अरुण महतोले मासिक रकम लिँदै अवैद्य भठ्ठी सँचालन गर्न दिएको आरोप लगाए । डिलरको लागी लाईसेन्स होला तर डिलरकै आडमा अवैद्य खुल्ला मदिरा विक्रि वितरण गर्नु वैद्य नभएको बताए ।
प्रहरी चौकी उमाप्रेमपुरका असई अरुण महतोले प्रहरीचौकी अगाडी रहेको पसल डिलर भएको बताए । उनले डिलरलाई लाईसेन्स भएर सँचालन गरेको बताउँदै डिलरलाई केही गर्ने अधिकार नभएको बताए । डिलरको नाममा खुल्ला रक्सी समेत विक्रि वितरण गरेको बारे सोध्दा उनले प्रतिक्रिया दिएनन् ।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय ढल्केवरसँग सम्पर्क हुन सकेनन भने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ताले प्रहरीचौकीको अगाडी रक्सी भठ्ठी भएको खण्डमा हटाइने तथा सम्बन्धित निकायलाई समेत कारवाही गर्ने बताए । उनले यसबारे थप बुझेर जानकारी गराउने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…