मोटरसाईकलको ठक्करबाट एक युवकको मृत्यू
बिनय यादव, सिरहा, २७ मंसिर । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत मंगलबार साँझ मिर्चैया नगरपालिका १ स्थित मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कल्याणपुर नगरपालिका १० बस्ने अन्दाजी ५० बर्षीय चन्देश्वर साहको मृत्यु भएको छ । पश्चिम दिशाबाट पुर्ब आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलले सोहि दिशाबाट साइकलम

२०७४ मंसिर २७ बुधबार, दिउँसो ४:५५ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २७ मंसिर । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत मंगलबार साँझ मिर्चैया नगरपालिका १ स्थित मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कल्याणपुर नगरपालिका १० बस्ने अन्दाजी ५० बर्षीय चन्देश्वर साहको मृत्यु भएको छ ।
पश्चिम दिशाबाट पुर्ब आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलले सोहि दिशाबाट साइकलमा सबार भई आउँदै गरेको अबस्थामा साहलाई ठक्कर दिएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका साहको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको थियोे ।
घाइतेका आफन्तले बिराटनगर स्थित न्युरो हस्पिटल लगिएपछि डाक्टरले मृत घोषणा गरेको ईप्रका मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो । यता, घाइते मोटरसाइकल चालक मिर्चैया नगरपालिका १ बस्ने २६ बर्षीय मुकेश कुमार कापरको प्रहरीको निगरानीमा स्थानिय अस्पतालमा उपचार भईरहेको छ भने ठक्कर दिने मोटरसाइकल मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…