धनुषामा लुटपाटको रकम सहित ४ जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट लुटपाटको रकम सहित चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम नगरपालिकाको विभिन्न वडाबाट लुटपाटको रकम सहित ४ जनालाई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं. ६ बस

२०७५ मंसिर १५ शनिबार, बिहान ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट लुटपाटको रकम सहित चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम नगरपालिकाको विभिन्न वडाबाट लुटपाटको रकम सहित ४ जनालाई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं. ६ बस्ने २१ बर्षिय अमित कुमार मण्डल, सोही स्थानका २२ बर्षिय अशोक कुमार मण्डल, नगराईन नगरपालिका वडा नं. ७ बस्ने २४ बर्षिय ललित दास र सोही नगरपालिका वडा नं. ६ बस्ने २६ बर्षिय राज कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट लुटिएको १७ हजार रुपैयाँ, २ थान मोबाईल समेत बरामद गरेको छ । धनुषा जिल्ला सिमावर्ती क्षेत्र नगराईन नगरपालिकाको देबडिहा नवटोलीको फुलबारीमा फुल्गामाबाट मेला हेरी फर्कीने क्रममा मोटरसाईकमा रहेका जनकपुर उप–महानगरपालिका वडा नं. १६ बस्ने रुपेश कुमार मण्डल र पुन्नु कुमार ठाकुरको मोटरसाईकल रोकी लुटपाट गरेको अभियोग छ ।
पक्राउ परेका चारै जनालाई धनुषा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी ढबईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए। लागु औषध सहित एक पक्राउ सिरहा जिल्लाको सिमावर्ती क्षेत्र बरियारपट्टीबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बरियारपट्टि गाउँपालिका वडा नं. १ बडहरि स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको स ४ प ६७९२ न. मोटरसाईकल चेकजाँचको क्रममा सिटमुनि लुकाई लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका वडा नं. २ बस्ने २१ वर्षिय मोहम्मद मुर्तुजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाको प्रहरी चौकि कचनारीबाट खटिएको टोलीले डाईलेक्स डिसि १००, २४ बोतल करेक्स सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…