श्रीमतिलाई टुक्रा - टुक्रा पारी हत्या गर्ने साह यसरी पक्राउ परे - अपरेशन
शरिरभरि निलडाम रहेको देखेका थिए तथा त्यसको एक साता पछि नै दिदीको हत्या भएको थियो ।

२०७५ मंसिर १३ बिहीबार, दिउँसो २:४९ बजे४ मिनेट पढाइ
मनिष शर्मा, काठमाडौँ । आफनै श्रीमतीको गत २०७० भदौ १८ गते हत्या गरी फरार भएका भंगहा नगरपालिका वडा नं. ९ अजगेवा निवासी ४२ वर्षिय कौशल किशोर साहलाई असई प्रमोद कुमार साहको कमाडमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा जनकपुर जिरोमाईलबाट पाँच वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालाय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्र वहादुर खड्काले वताए छन । प्रहरीले अभियुक्त साहलाई थुनामा राखेका छन भन्ने अनुसन्धान पनि जारी नै छ ।
श्रीमानले निर्दइताका साथ गरेका थिए श्रीमतीको हत्या !
धनुषाको साविक सिनुरजोडा गाविस वडा नं. ९ र महोत्तरी को साविक हरिहरपुर हरिनमरी गाविस वडा नं. ९ को विचमा रहेको विग्ही नदीमो घाटी, हात, हत्केला, पाखुरा र औलाहरु टुक्रा टुक्रा पारि गाडिएको अवस्थामा करिव ३० वर्षिय महिलाको शव प्रहरीले फेला पारेको थियो ।
सोहि नदि भएर यात्रा गरिरहेका यात्रीहरुले गाडीएको शवको केही भाग देखेर प्रहरीलाई सुचना दिएका थिए । त्यसै सुचनाका आधारमा २०७० भदौ १८ गते तत्कालिन अवस्थामा पहिचान हुन नसकेको शव प्रहरीले फेला पारी तथा पोष्टमाटम गराई शवलाई दाहसंस्कार पनि गरेका थिए ।
प्रहरीले अनुसन्धान सुुरु गरेपछि २०७० असोज १३ गते मृतक मेरै दिदि संजु देवी साह हो र मेरै भिनाजुले उनको हत्या गरेको हो भनि मृतकको भाईले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दिएका थिए । त्यसै वेला देखि प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेको कौशल किशोर साहको खोजी भैरहेको थियो भन्ने पाँच वर्ष दुई महिना २२ दिन बितदा पनि प्रहरीले फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएका छन् ।
मृतकको भाईले दिएको किटानी जाहेरीमा के छ त ?



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…