एभरेष्ट पेपर उद्योगमा अनुगमन, फोहोर पानी व्यवस्थित गर्न निर्देशन
विनय कुमार यादव, धनुषा । चौथो दिन बुधवार समेत संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको छ । टोलीले सखुवा महेन्द्रनगरमा रहेको एभरेष्ट पेपर मील्स प्रा.लि.मा स्थलगत अनुगमन गरी उद्योगबाट निस्कने फोहोरमैला तथा फोहोर पानीलाई जनगुनासो नआउने गरी व्यवस्थित गर्न निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ । उद्योगबाट

२०७५ मंसिर १३ बिहीबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, धनुषा । चौथो दिन बुधवार समेत संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको छ ।
टोलीले सखुवा महेन्द्रनगरमा रहेको एभरेष्ट पेपर मील्स प्रा.लि.मा स्थलगत अनुगमन गरी उद्योगबाट निस्कने फोहोरमैला तथा फोहोर पानीलाई जनगुनासो नआउने गरी व्यवस्थित गर्न निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ ।
उद्योगबाट निस्कने गरेको फोहोरमैला तथा फोहोर पानी स्थानिय नदीमा मिसाएकाले प्रदुषण बढेको भन्दै स्थानियहरुले गुनासो गर्दै आएका छन् ।
यस्तै जनकपुर उपमहानगरपालिका वार्ड नं. १४ स्थित जानकी डेरी उद्योग, लक्ष्मीनिया गाउँपालिका वार्ड नं. १ स्थित बिरेन्द्र झाले संचालन गरेको मिथिला डेरी इन्डिष्ट्रिज, लक्ष्मीपुर बगेवा वार्ड नं. ८ स्थित लक्ष्मीनियामा चमेली देवी दासले संचालन गरेको सुभास डेरी उद्योग र सखुवा महेन्द्रनगरमा उमेश सिंहले संचालन गरेको न्यू सीताराम डेरी उद्योगमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा दर्ता प्रमाणपत्र भए नभए जाँच गर्नुको साथै देखिएको कमीकमजोरीलाई सुधार गर्न निर्देशन दिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए ।
यस्तै क्षीरेश्वरनाथ न.पा.स्थित सखुवा महेन्द्रनगरमा रामजी सिंहले संचालन गरेको माँ दुर्गा सेलर उद्योग, रंजिता सिंहले संचालन गरेको माँ दुर्गा गल्ला भण्डार, वैद्यनाथ साहले संचालन गरेको सुरज किराना स्टोर्स, धनेश्वर पण्डितले संचालन गरेको धनलक्ष्मी किराना भण्डार, कविता देवीले संचालन गरेको माँ गायत्री ट्रेडर्स, रमतुल्लाहले संचालन गरेको न्यू दवेश टेलर्स, बिरेन्द्र पासवानले संचालन गरेको जनता ग्यारेज सर्भिस र लक्ष्मीपुर बगेवा वार्ड नं. ८ मा शिवचन्द्र झाले संचालन गरेको शिवचन्द्र ट्रेडर्समा अनुगमन गरिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालयका सिंहले बताए ।
अनुगममाको क्रममा किराना पसलमा फेला परेको म्याद नाघेको सामाग्रीहरुलाई नियन्त्रणमा लिएर नष्ट समेत गरिएको थियो भने व्यवसाय दर्ता नगराएकालाई एक हप्ता भित्र नियमानुसार दर्ता प्रक्रियामा आउन तथा नवीकरण फेल भएकालाई समेत तत्कालै नियमानुसार गराउन निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…