अनाथ र टुहुरा बालबालिकालाई युवाहरुको सहयोग
दैनिक जीवन यापनको लागि ३१ हजार १ रुपैयाँ सहयोग गरेको हो ।

२०७५ मंसिर १२ बुधबार, बेलुकी ७:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, मलेसिया । गरिबीका कारण अनाथ र बेघर भएका बालबालिकाहरुलाई वैदेशिक रोजगारीमा रहेका युवाहरुले सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका मधेसी मूलका नेपाली युवाहरुले एक एक पैसा जम्मा गरी सिरहा जिल्लाको औरही गाउँपालिका वडा नं. ४ इटाटार गणेशपुर मा बस्ने दुई बालबालिकाहरुलाई ३१ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
सहयोगी हातहरुको समूह अपन मिथिला सेवा समाज नामक समूहले स्थानीय राम गुलाम दास र झबरी देबि दासको ४ छोराछोरी मध्ये कान्छी छोरी र छोरोको टुहुरा अवस्थामा समाजको सहयोगले खुसी भएका छन् ।
दास दम्पतिको मृत्यू करिब ४ वर्ष अघि नै भईसकेको छ । विरामीले गर्दा गरिबीकै कारण उनीहरुले अल्पायूमै ज्यान गुमाएपछि यीनिहरु अनाथ भएका छन् ।
४ छोराछोरी मध्ये २ को विहे भएर आ आफ्नो घर गएकी छन् भने कान्छो १२ बर्षको छोरा साधुशरण दास र ६ बर्षकी छोरी मंजिता कुमारी दासको अवस्था विच्चलीमय देखेपछि उनीहरुलाई सहयोग गरिएको हो ।
उनीहरु कहिले दिदी घर त कहिले मामा घरमा गएर पेट पाल्दै आएका थिए । जाडोको मौसम चढे लगत्तै अपन मिथिला सेवा समाजले मोटो कपडा र दैनिक जीवन यापनको लागि ३१ हजार १ रुपैयाँ सहयोग गरेको हो ।
स्थानीय स्तरमा अति विपन्न, दलित, अल्पसँख्यक समुदायबाट सुरु गरेको घर दैलो कार्यक्रम अन्तर्गत उनीहरुलाई पहिचान गरी सहयोगको लागि सिफारिस गरे बमोजिम सहयोग गरिएको हो ।
१२ धुर खडेरी मात्र भएको अवस्थामा उनीहरुलाई विद्यालयसम्मको पहुँच बनाउन र समाजमा प्रतिष्ठत जीवनयापन गर्नको लागि सहयोगि हाथहरुले उनलाई सघाएका छन् ।
अपन मिथिला सेवा समाजको शाखा साउदी अरेबीया , कतार, मलेसिया, दुबई, कुबेत र ईन्डियामा बस्ने युवाहरुले गरेको समाजका सल्लाहकार अशोक कुमार पासवानले जानकारी दिए ।
उक्त कार्यक्रमा साउदी शाखा समितिका सचिव सुरेन्द्र कुमार साह, सदस्य प्रमोद कुमार महतो लगायतका सदस्यहरुको रोहबरमा सहयोग गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…