आफ्नै श्रीमतिको टाउको, हात, खुट्टा टुक्रा पारी मार्ने पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । आफ्नै श्रीमतीलाई विभत्स हत्या गरि फरार अभियुक्त पक्राउ परेका छन् । आफ्नै श्रीमती सन्जु देवी साहलाई हत्या गरी फरार रहेका महोत्तरीको भंगहा नगरपालिका बस्ने कौशल किशोर साह झण्डै ५ वर्षपछि पक्राउ परेका हुन् । महोत्तरीबाट खटेको विशेष अपराध अनुसन्धान प्रहरी टोलीले गत आइतवार जनकपुरक

२०७५ मंसिर ११ मंगलबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । आफ्नै श्रीमतीलाई विभत्स हत्या गरि फरार अभियुक्त पक्राउ परेका छन् ।
आफ्नै श्रीमती सन्जु देवी साहलाई हत्या गरी फरार रहेका महोत्तरीको भंगहा नगरपालिका बस्ने कौशल किशोर साह झण्डै ५ वर्षपछि पक्राउ परेका हुन् ।
महोत्तरीबाट खटेको विशेष अपराध अनुसन्धान प्रहरी टोलीले गत आइतवार जनकपुरको जिरोमाइलबाट टेम्पो चलाई रहेको अवस्थामा उनलाई पक्राउ गरी हिरासतमा राखेको हो ।
१८ भदौ २०७० मा कौशलले धनुषाको सिनरजोडा र महोत्तरीको हरिनमरिको बीचमा पर्ने बिगही खोलामा सन्जुकी घाटी, हात, पाखुरा, काटी टुक्रा टुक्रा पारेर जमिनमा गाडेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले कौशललाई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान कार्य जारी राखेको महोत्तरीका प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…