रजक समाजद्धारा साफीलाई ३० हजार सहयोग
न्यूज ब्यूरो, सउदी । विदेश स्थित रजक समुदायका युवाहरुको संगठन नेपाल रजक सेवा समाजद्धारा एक असहाय परिवारलाई आर्थिक सहयोग गरिएको छ । कतार स्थित रहेको रकज समुदायका युवाहरुको साझा संगठनको रुपमा रहेको रजक सेवा समाज द्धारा धनुषा हाँसपुर नगरपालिका वडा नं.- ८ भतहीको एक अति विपन्न परिवारलाई रु. ३० हजार नेपाल

२०७५ मंसिर १० सोमबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सउदी । विदेश स्थित रजक समुदायका युवाहरुको संगठन नेपाल रजक सेवा समाजद्धारा एक असहाय परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
कतार स्थित रहेको रकज समुदायका युवाहरुको साझा संगठनको रुपमा रहेको रजक सेवा समाज द्धारा धनुषा हाँसपुर नगरपालिका वडा नं.- ८ भतहीको एक अति विपन्न परिवारलाई रु. ३० हजार नेपाली रुपैयाँ सहयोग गरिएको हो ।
अति विपन्न अवस्था रहेको स्थानीय गुलेश्वर साफीलाई युवाहरुको ती समूहका पदाधिकारीहरुले उनको घरमै पुगी उक्त रकम हस्तान्तरण गरेका हुन् । गरिबी कारणले आर्थिक अवस्था निकै दयनिय रहेको तथा आर्थिक खर्च जुटाउन नसकेपछि आफनो घर समेत बनाउन नसकेको भन्दे उनीहरुले सहयोग गरेका हुन् ।
एउटा छोरा र तिन छोरी रहेको उनलाई छोराछोरीको पढाई लेखाई तथा अन्य काममा सहयोग पुग्ने विश्वासका साथ समाजका अध्यक्ष कुल्दिप रजकले बताए । नेपाल रजक सेवा समाज नेपाली गरिव, विपन्न तथा घर परिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएको सहकर्मी श्याम कुमार साफीले जनाए ।
उक्त रकम विभिन्न देशमा रहेका युवाहरुको सहयोग रहेको छ । सउदी, कत्तार, दुबई, मलेसिया बस्ने समाजका युवाहरुले सहयोग गरेको साफीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…