धनुषामा 'कृषि सहकारी बजार'
कृषी सहकारी बजार साताको मंगलबार र शनिबार गरी दुई दिन लाग्ने भएको छ ।

२०७५ मंसिर ४ मंगलबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका मँगलपुरमा मँगलबार एक नयाँ बजारको उद्घाटन गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुर स्थित धनुषा गोबिन्दपुर कृषि सहकारी संस्थाको अगुवाइमा कृषि सहकारी बजारको थालनी गरिएको हो । बजार समितिका अध्यक्ष ब्रहमदेव मण्डलको अध्यक्षता एवम् धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा उक्त कृषि सहकारी बजारको शुभारम्भ गरिएको हो ।
स्थानीय कृषकहरुलाई आधुनिक खेती गर्न आग्रह गर्दै अध्यक्ष मण्डलले किसानलाई सहज हुने गरी यो बजारको शुभारम्भ गरिएको बताए ।
धनुषाको मँगलपुरमा आजदेखि सुरु भएको कृषी सहकारी बजार साताको मंगलबार र शनिबार गरी दुई दिन लाग्ने भएको छ ।
बजारलाई उद्घाटन गर्दै मेयर मण्डले किसानलाई ताजा तरकारी किनबेच गर्न अब सहज हुने बताए । स्थानीय व्यापारीलाई सुपथ मुल्यमा तरकारी उपलब्ध गराई दिन आग्रह गरे । नगरपालिकाबाट भौतिक सहित बजार व्यवस्थापनमा हुने सहयोग गर्ने प्रतिबद्धता गरे ।
प्रदेश २ का सहकारी अध्यक्ष राम कुमार महतोले विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रदेश भरिमा पहिलो सहकारी संस्था द्वारा कृषि सहकारी तरकारी बजार लगाएको बताए ।
साना किसान लाई गरिबी न्यूनीकरण गर्न भुमिका हुने बताउँदै उनले यस्तो काम लाई निरंतरता दिदै हामी प्रदेश भरिमा यस्ता यस्ता किसान लाई सहज हुने कार्यक्रम हरु संचालन गर्ने आवश्वासन बाँडे ।
कार्यक्रमा धनुषा गोबिन्दपुर कृषि सहकारी संस्था प्रबन्धक एवम् बजार संयोजक राज कुमार साह, वडा नं. १ का वडाध्यक्ष बिश्वनाथ यादव , २ का प्रभु नारायण साह, ३ का राजकिशोर साह लगायत बुद्धिजीवी समाजसेवीहरुको मोटो उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…