मधेशमा परम्परागत कुस्ती 'क्रेज'
कुस्तीलाई उत्सवकै रुपमा लिने गरिएको ।

२०७५ मंसिर ३ सोमबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पछिल्ला पुस्ता क्रिकेट, फूटबल लगायतका खेलमा आकर्षित हुँदै गएको समयमा तराई मधेशका ग्रामीण क्षेत्रमा भने परम्परागत खेल कुस्तीको 'क्रेज' अझ कायम छ ।
सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ मा अवस्थित धार्मिक आस्थाको केन्द्र पौराणिक कमलदहमा सोमबारबाट लागेको ३ दिने ठुठिया मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको छ । हरिबोधिनी एकादशी अर्थात् सोमबारबाट सुरु भएको ठुठिया मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवानहरु सहभागी भएका छन् ।
शरीरलाई हतियार मानेर खेलिने कुस्ती हेर्न बाहिर बाहिरबाट हजारौं हजारको संख्यामा सर्वसाधारणहरु ओर्लिए । दर्शकको मागलाई ध्यानमा राख्दै विगत झै मेलामा कुस्ती ल्याइएको आयोजकले बताए ।
कमलदहमा हरिबोधिनी एकादशीको दिनदेखि ३ दिनसम्म विगत ४ दशक बढीदेखि मेला आयोजन हुँदै आएको छ ।
तराई मधेशका ग्रामीण क्षेत्रहरूमा कुस्ती 'ब्रान्ड' बन्दै गएको छ । कुस्तीप्रेमीहरुले कुस्तीलाई उत्सवकै रुपमा लिने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…