धनुषामा नकआउट फुटबल, हौरसाहा सेमीफाईनलमा
न्यूज ब्यूरो, धनुषा । धनुषाको सहिद नगरपालिकामा जारी नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफानलमा हौरसाहा टीम विजयी हात पारेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नंं ५ पचहर्वामा जारी नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेल सम्पन्न भएको छ भने मँगलबार दोस्रो सेमिफाईनल खेल हुने आयोजक कृष्ण युवा क्ल

२०७५ मंसिर ३ सोमबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सहिद नगरपालिकामा जारी नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफानलमा हौरसाहा टीम विजयी हात पारेका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नंं ५ पचहर्वामा जारी नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेल सम्पन्न भएको छ भने मँगलबार दोस्रो सेमिफाईनल खेल हुने आयोजक कृष्ण युवा क्लब पचहर्वाले जनाएको छ ।

जिल्ला फुटबल संघ धनुषाका अध्यक्ष सुरेश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो सेमि फाइनल खेलमा हौरसाहा फुटबल टिमले बजरंग युवा फुटबल टिम पोखरभिन्डालाई ३- ० अन्तरगोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका हुन् ।
यस्तै, मंगलबार हुने दोश्रो सेमिफानल खेलमा बजरंग युवा क्लब तिनकौरीया र शंकर मावि चक्कर बिच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाईनलको जीत हात पार्ने टिमले फाईनलमा प्रवेश गर्ने छ । दुवै सेमिफाईनलबाट छनौट हुने टिम बुधबार फाईनल खेल खेल्ने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…