ठाकुर हत्या प्रकरणमा जस्तोसुकै नेता होस्, दबाब चल्दैन : एसपी
जनप्रतिनीधिले राती राती आफ्ना मान्छेलाई पठाएर पीडितलाई डर त्रास देखाईरहेको : परिवारजन

२०७५ मंसिर १ शनिबार, बेलुकी ६:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत बुधबार राती धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने ६५ बर्षिय मानैर ठाकुरको हत्यामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले ठाकुरको मुद्धालाई गहन रुपले अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको भन्दै हत्या गर्ने अभियुक्त शिघ्र प्रहरीको गिरफ्तमा हुने प्रतिवद्धता जनाएका छन् ।
पीडित पक्षलाई स्थानीय केही व्यक्तिहरुले किटानी जाहेरी नदिन धै धम्की दिदै आएको तथा हत्यारालाई कारवाहीको लागि कानुनी प्रक्रियामा नजान दबाब दिँदै आएको बेला एसपी थपलियाले प्रहरीसँग कुनै प्रकारको राजनीतिक दबाब नआएको बताएका छन् ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै एसपी थपलियाले भने, अहिलेसम्म त्यस्तो कुनै दबाब आएको छैन् , जस्तोसुकै राजनितिक दबाब आएपनि हामी यस मामिलामा कुनै प्रकारको सम्झौता गर्न सक्दैनौ ।
पीडित परिवारजनले दिएको प्राथमिक जानकारी अनुसार स्थानीय एक जनप्रतिनीधिले जाहेरी नदिन गुटबन्दी गरेको र पदको आडमा दादागिरी गर्न खोजीरहेको छ । ती जनप्रतिनीधिले राती राती आफ्ना मान्छेलाई पठाएर पीडितलाई डर त्रास देखाईरहेको परिवारजनले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…