साउदीमा पनि मनाइयो छठ
यस प्रकारका कार्यक्रमले आफ्नो धर्म, संस्कृतिलाई जीवित राख्न महत्वपूर्ण टेवा पुग्ने गरेको ।

२०७५ मंसिर १ शनिबार, दिउँसो १२:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, साउदी अरब । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही सात समुद्र पारी साउदी अरबमा बस्दै आइरहेका मधेशी मुलका नेपालीहरुले नेपालीहरुले महान पर्व छठ खाडी भुमी साउदी अरबमा पनि धुमधामका साथ मनाएका छन् । साउदी अरबको रियादस्थित रहेका नेपालीहरुद्धारा गठित मिथिला संस्कृति समाजले विगतका वर्ष झैं यस वर्ष पनि हर्ष उल्लासका साथ धुमधामले शुक्रबार सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ पर्व मनाएका हुन् ।
समाजले रियादस्थित सुलईको १८ नम्बर अस्तारामा उत्साहपूर्वक छठ पर्व मनाएका हो । हिन्दुहरुको अराध्यदेव सूर्य पूजा छठले मधेशका संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ पर्व मनाइएको समाजका कोषाध्यक्ष बिन्देश्वर यादवले बताउनुभयो ।

यस प्रकारका कार्यक्रमले आपसी भाइचाराको राम्रो विकास हुनुका साथै आफ्नो धर्म, संस्कृतिलाई जीवित राख्न महत्वपूर्ण टेवा पुग्ने गरेको वरिष्ठ सल्लाहकार बिसुन यादवले बताउनुभयो ।
कडा कानुनी व्यवस्था भएको अरब मुलुकमा विभिन्न अवरोध खेप्दै आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउन विभिन्न कार्यक्रम गरिनुलाई त्यहाँका नेपाली समुदायले सराहनीय कदम मान्ने गरेका छन् ।

विदेशमा बसेरमा पनि मधेसको महान सँस्कृतिलाई यथावत राख्न सफल भएको भन्दै समाजका अध्यक्ष जितेन्द्र साहले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । छठ पर्व कार्यक्रममा करिब ४ सय ५० जना बढी नेपालीहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…