मधेसीहरुले विदेशमा पनि धुमधामका साथ छठ मनाए
विदेशमा बसेरमा पनि मधेसको महान सँस्कृतिलाई यथावत राख्न सफल

२०७५ कार्तिक २९ बिहीबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, युएई । विश्वभरि छरिएर रहेका मधेसी मूलका नेपालीहरुले महान पर्व छठ विदेशमा पनि धुमधामका साथ मनाएका छन् ।
विश्वभरी नै छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए ) ले अमेरिका, कतार, साउदी, दुबई लगायतका देशहरुमा भव्यताका साथ विधिवत छठ पर्व मनाएको हो। संघले कत्तारको अल वाकरा फॅमिली बीचमा छठ पर्व मनाएका हुन । यसका साथै अन्य खाडी मूलूकहरुमा उत्साहपूर्वक छठ पर्व मनाएका हो ।
विभिन्न देशमा छरिएर रहेका अधिकारिक एनआरएमएका सदस्यहरुले सउदी, कत्तार, दुबई सहित शाखा स्पेन, कुवैत, भारत, सायप्रस ,चीन, मलेशिया, स्वीडन, ओमान, दक्षिण कोरिया, ऑस्ट्रेलिया, संयुक्त अधिराज्य र सिंगापुरमा समेत छठ मनाएका छन।
हिन्दुहरुको अराध्यदेव सूर्य पूजा छठले मधेशका संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ पर्व को आयोजना गरेको एनआरएमएका केन्द्रीय अध्यक्ष बसन्त कुशवाहाले जानकारी दिए ।
विदेशमा बसेरमा पनि मधेसको महान सँस्कृतिलाई यथावत राख्न सफल भएको भन्दै उनले शाखा सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…