लागूऔषध ओसारपोसार गर्ने नाइके पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । लागु औषधको ओसार पोसार गर्दै आएका एक नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सीबाट शुक्रबार दिउँसो भारतिय बजारबाट नेपाल ल्याउदै गर्दा सम्सी नाकामा चेकजाँच गर्ने क्रममा भारी मात्राको लागूऔषध सहित नाईके र अन्य दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको बर्द

२०७५ कार्तिक १० शनिबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, महोत्तरी । लागु औषधको ओसार पोसार गर्दै आएका एक नाईकेलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको सम्सीबाट शुक्रबार दिउँसो भारतिय बजारबाट नेपाल ल्याउदै गर्दा सम्सी नाकामा चेकजाँच गर्ने क्रममा भारी मात्राको लागूऔषध सहित नाईके र अन्य दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. २ गौरिडाडा बस्ने २३ बर्षिय सागर तमाङ, जिल्ला बारा निजगढ वडा नं. ५ बस्ने २१ बर्षिय राजेन्द्र मगर र जिल्ला ललितपुर जाउलाखेल वडा नं. ४ बस्ने ३५ बर्षिय राजेन्द्र थापा रहेको छ।
पक्राउ परेका मध्ये राजेन्द्र थापा ओसारपसार गर्ने गिरोहको नाइके रहेको कुरा उनले बताए । यसरी औषधि लागि काठमाडौं सम्म पुर्याउने काम गारी रहेको खुलासा समेत भएका छन।
उनिहरुको साथबाट डाइजोलैप ३५ पिस, नोर्फिन ३५ पिस,फेनरागन ३५ पिस गरि जम्मा १०५ पिस लागू औषध बरामद गरिएको छ।
प्रहरी नायब निरिक्षक राम लाल यादव को नेतृत्वमा निस्केको टोलिले सुराकीका आधारमा टेम्पुलाइ चेक जाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषध पक्राउ परेका छन। उनीहरुलाइ पक्राउ गर्ने क्रममा प्रहरी जवान भबिछन यादव समेत घाइते भएका छन | यादव लाई दाहिने हातमा चोट लागेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…