चोहर्वामा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण बाहिरै शौच गर्न बाध्य
सार्बजनिक शौचालयको प्रबन्ध नहुँदा जताततै दिसा र पिसावले गर्दा दुर्गन्ध फैलिएको छ ।

२०७५ कार्तिक ८ बिहीबार, दिउँसो १२:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका अन्तर्गत नयाँ चोक चोहर्वामा सार्वजनिक शौचालय नहँुदा सर्वसाधारण बाहिरै शौच गर्न बाध्य भएका छन् । हरेक समय सर्वसाधारणको घुइँचो रहने ठाउँमा स्थानीय तहले सार्वजनिक शौचालयको प्रबन्ध नगरिदिँदा सर्वसाधारण खुल्ला ठाउँमै शौच गर्न बाध्य भएका हुन् ।
विभिन्न ठाउँहरुबाट चोहर्वा आउने सर्वसाधारण सार्वजनिक शौचालय नदेखेपछि खुल्ला ठाउँहरुमा नै दिशा पिसाब गरिरहेको देखिन्छन् । सार्बजनिक शौचालयको प्रबन्ध नहुँदा जताततै दिसा र पिसावले गर्दा दुर्गन्ध फैलिएको छ ।
फरकफरक ठाउँहरुबाट चोहर्वा आउने व्यापारी, सर्वसाधारण तथा स्थानीयबासीहरुले सार्वजनिक शौचालय नभेटेपछि दिशापिसाब चेपेर पनि बस्नु परेको गुनासो पोख्छन् ।
कुनै काम बिशेषले चोहर्वा आउँदा शौच गर्नको लागि सौचालयको व्यवस्था नहुँदा सर्वसाधारणलाई निकै असहज हुने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…