नेकपाकै मञ्चमा गर्जे मुख्यमन्त्री राउत, प्रचण्डको 'बोलती बन्द'
संघीय सरकारले आलटाल गरे करारमै कर्मचारी भर्ना गर्ने मुख्यमन्त्रीको चेतावनीको चेतावनी ।

२०७५ कार्तिक ६ मंगलबार, राति ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले नेकपाकै मञ्चमा संघीय सरकार गर्जिएका छन् । प्रदेश प्रहरी गठन, आवश्यक कर्मचारीको आपुर्ति, प्रदेश लोकसेवा आयोग र निजामति सेवालगायत महत्वपूर्ण कानुन निर्माणमा संघीय सरकारले गरिरहेको असहयोगप्रति मुख्यमन्त्री राउतले कडा आलोचना गर्दै सरकार विरुद्ध आक्रोश पोखेका हुन् ।
नेकपा प्रदेश नं. २ को प्रदेश कमिटीले आज जनकपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रदेश पार्टी कार्यालयको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेश २ सरकारलाई असफल बनाउन सुनियोजितपूर्ण तवरमा असहयोग गर्दै आएको आरोप लगाउँदै नेकपाका वरिष्ठ नेताहरूको सामुन्नेमै कडा आलोचना गरे ।
मुख्यमन्त्री राउतले संघीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको कार्य प्रभावित भइरहेको बताउँदै प्रदेश सरकार अब आफै कर्मचारी भर्ना गर्ने चेतावनी समेत दिए । उनले भने, ‘करार कर्मचारी भर्ना सम्बन्धि ऐन प्रदेश सभामा दर्ता भइसकेको छ । संघीय सरकारले कर्मचारी नपठाए हामी आफै प्रदेशबाटै योग्य र सक्षम कर्मचारी भर्ना गर्नेछौं ।'
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले निजामित ऐन, प्रदेश लोक सेवा ऐन र प्रशासन ऐन समेत ल्याउन लागेको बताउदै प्रदेश सरकार संविधानको अक्षरसः पालना गर्न लागेको दावी समेत गरे । उनले संविधान बमोजिम नै प्रदेश सरकारले प्रहरी ऐन ल्याएको बताउदै संघीय सरकारले प्रदेश २ सरकारलाई असफल बनाउन नयाँ बखेडा सुरु गरेको आरोप लगाए ।
मुख्यमन्त्री राउतको आक्रोस सुनेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष दाहाललाई उनको जवाफ फर्काउँन हम्मेहम्मे नै परेको थियो । प्रचण्डले संघीय सरकारलाई ओभरटेक गर्न खोजे दुर्घटना निम्तने चेतावनी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…