सिरहामा एक वालिका उपर यौन दुर्ववहारको प्रयास, पक्राउ गरेकालाई प्रहरीले छाडे
दुर्ववहार गर्ने युवाहरुमध्ये एक जनालाई प्रहरीले समाते पनि बाटोबाटै छाडिदिए ।

२०७५ कार्तिक ५ सोमबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ११ वर्षिया वालिकालाई यौन दुर्ववहार गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरेका युवकलाई प्रहरीले छाडिदिएको रहस्य खुलेको छ । विजया दशमीको साँझ एक बालिकालाई सौच गर्न गएका बेला यौन दुर्ववहार प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेर छाडिदिएको हो ।
सौच गर्न गएकी बालिकालाई अपहरण शैलीमा मुख थुनेर घर्सादै लान खोज्दा अर्का एक बालिकाले चिच्याएपछि ती युवकहरुले बालिकालाई छाडेर भागेका थिए । सिरहा दुर्गा मन्दिरमा आयोजित दशमीको मेला हेर्न आएका बेला दुरव्र्यवहार गर्ने युवाहरुमध्ये एक जनालाई प्रहरीले समाते पनि बाटोबाटै छाडिदिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष नविन यादवले बताए । अध्यक्ष यादवले भने, ‘यस्तो गम्भीर अपराधमा संलग्नलाई छाड्नु हुँदैन् । झन घट्ना गर्नेलाई पक्राउ गरिसकेपछि छाड्नु गम्भीर लापरबाही हो ।’
सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष ब्रहमदेव साहले बालिकालाई मुख थुनेर घर्सादै लैजाने युवामध्ये एक जनालाई पक्राउ गरिएर छाड्नु प्रहरीको गम्भीर गल्ती भएको बताए । साहले भने, ‘यसले अपराध गर्नेलाई प्रोत्साहन मिलेको छ । वडा प्रहरी सिरहाबाट भएको यस्तो गम्भीर गल्तीको छानबीन हुनुपर्छ । दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्छ ।’
उक्त घटनावारे सोध्न पुग्दा सामुदायिक सेवा केन्द्रका सचिव शम्भू साहलाई वडा प्रहरी कार्यालय सिरहा ख का इन्चार्ज दिप नारायण यादवले दुरव्र्यवहार गरेका छन् । प्रहरी नायव निरिक्षक (सैइ) यादवले सामुदायिक सेवा केन्द्रका सचिव साहलाई थुनेर मोबाईल समेत खोसेका थिए । ११ वर्षिया बालिकालाई अपहरण शैलीमा भएको दुरव्र्यवहारको घटनावारेमा सामुदायिक सेवा केन्द्रका पदाधिकारी र सदस्यहरुवीचमा गहिरो छलफल भएको छ ।
११ वर्षिया बालिकामाथि भएको यौन दुरव्र्यवहारको प्रयासको घटनाका दोषीलाई कारबाही गर्ने प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन् । दशमीको राती भएको घटनावारे जानकारी गराउन पुगेका केन्द्रका टोलीसँग प्रहरी उपरीक्षक श्रेष्ठले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…