अफगानिस्तानको निर्वाचनमा कैयौँ स्थानमा विस्फोट !
न्यूज ब्यूरो, अफगानिस्तान । अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा विभिन्न ठाउँमा विस्फोटका घटनाहरु भएको छ । विस्फोट तथा घटनामा अहिलेसम्म १ सय ३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काब

२०७५ कार्तिक ३ शनिबार, राति ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, अफगानिस्तान । अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा विभिन्न ठाउँमा विस्फोटका घटनाहरु भएको छ ।
विस्फोट तथा घटनामा अहिलेसम्म १ सय ३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताउनुभएको छ ।
तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…