भोलीबलको उपाधी सिरसिया टिमलाई
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा आयोजित भलिवल प्रतियोगिताको उपाधी सिरसिया टिमले हात पारेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित सपहि गाउँमा आयोजित पुरुष भलिबल प्रतियोगितामा टोक्कीलाई हराएर सिरसियाले प्रथम पुरस्कार हात पारेको छ । समाजसेवी एवं पंचायतको विरुद्धमा नेपाली कांग्रेस

२०७५ कार्तिक ३ शनिबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा आयोजित भलिवल प्रतियोगिताको उपाधी सिरसिया टिमले हात पारेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित सपहि गाउँमा आयोजित पुरुष भलिबल प्रतियोगितामा टोक्कीलाई हराएर सिरसियाले प्रथम पुरस्कार हात पारेको छ ।
समाजसेवी एवं पंचायतको विरुद्धमा नेपाली कांग्रेसका तर्फबाट प्रजातन्त्र प्राप्तिका लागि विशेष भुमिका निर्वाह गरेका स्वर्गीय लखन यादवको २३ औं स्मृति दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा शुक्रबार अन्तिम खेलमा टोक्कीलाई पराजित गरेर सिरसियाले प्रथम पुरस्कार हाँसिल गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका धनुषाका समानुपातिकबाट प्रतिनिधि सभाका सदस्य स्मृति नारायण चौधरीको हातबाट खेलाडीहरुलाई सिल्ड र कदरपत्र प्रदान गरिएको थियो ।
सोही सम्मान कार्यक्रममा बिशिस्ट अतिथि नेपाली कांग्रेसका पुर्व सांसद डा. चन्द्रमोहन यादव, नेबिसघका पुर्व केन्द्रिय सदस्य संजिप यादव र लक्ष्मी युवा कमिटीका अध्यक्ष राम भरोस यादवको पनि उपस्थिति रहेको थियो ।
विजेता टिम आफ्ना गाउँ फर्केपछि खेलाडीहरुलाई माँ लक्ष्मी युवा कमिटीका अध्यक्ष राम भरोस यादवले स्वागत कार्यक्रमको आयोजना गरेर बिजेता खेलाडीहरु स्वागत गर्दै बधाई ज्ञापन गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…