महोत्तरीमा लागु औषध सहित तीन जना पक्राउ
जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराई प्रहरीले तीनै जना माथी अनुसन्धान थालेको छ ।

२०७५ असोज २९ सोमबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

मनिष कुमार शर्मा, महोत्तरी । जिल्ला प्रहरी कार्यालयद्वारा संचालित लागु औषध ओसारपसार तथा दुब्र्यसन बिरुद्ध विशेष अभियान अन्तर्गत २०७५ साल ६ महिना २८ गते तीन जना लागु औषध सहित पक्राउ परेका छन् ।
प्रहरी चौकि सम्सीबाट खटिएको टोलीको नियमित चेकजांचको क्रममा सम्सी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा सोही वडा नं. २ बस्ने ३५ वर्षीय मो. सफिल उल रहमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारत तर्फबाट शंकास्पद रुपमा प्लाष्टिकको झोलामा बोकी आईरहेको नाइट्रोभेट १८० पीस, स्पासमो प्रोक्सीभोन टयाब ९६ पसि, डाईजीपाम २ एम.एल सुई ३६ पीस, नुफिन २ एम.एल सुई ३० पीस, फेनेगन २ एम.एल सुई ३० पीस सहित रहमानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
त्यस्तै आईतवार नै भिठ्ठामोड नाकाबाट प्रहरी चेकजांचको क्रममा पिपरा गाउँपालिका वडा नं. ६ रतौली बस्ने श्रवण कुमार मण्डल र अभिषेक भन्ने राम मिलन मण्डललाई लागु औषध नाइट्रोभेट ४५ पीस सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराई प्रहरीले तीनै जना माथी अनुसन्धान थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…