कुबेती सरकारमा मन्त्रीको हेरफेर
कुबेलसिटी, २६ मङसिर : कुबेतको सरकारले कुवेती अमिरका ६९ बर्षीय जेठा छोरा सेख नासिर सबाह अल अहमद अल सबाहलाई प्रथम उपप्रधानमन्त्री र रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको हो । साथै तेल र अर्थ मन्त्रीमा पनि नयाँ अनुहारलाई ल्याइएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । परिवारका बरिष्ठ सदस्य रहनु भए
२०७४ मंसिर २६ मंगलबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

कुबेलसिटी, २६ मङसिर : कुबेतको सरकारले कुवेती अमिरका ६९ बर्षीय जेठा छोरा सेख नासिर सबाह अल अहमद अल सबाहलाई प्रथम उपप्रधानमन्त्री र रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
साथै तेल र अर्थ मन्त्रीमा पनि नयाँ अनुहारलाई ल्याइएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
परिवारका बरिष्ठ सदस्य रहनु भएका सेख जाबेर मुबारक अल सबाह अहिले प्रधानमन्त्रीका रुपमा रहनु भएको छ ।
सेख नासिर पहिलो पटक मन्त्री बन्नु भएको हो । उहाँ यसअघि सन् २००६ देखि अदालत प्रमुख हुनुहुन्थ्यो ।
कुवेती बृहत परियोजनाको “सिल्क सिटी” को कामलाई पछाडीबाट व्यवस्थापन गर्ने व्यक्तिको रुपमा उहाँ चिनिनुहुन्छ ।
१६ सदस्यीय मन्त्री परिषद्मा अरु नौ जना नयाँ अनुहार आएका छन् । तेल र अर्थ मन्त्री लगायतका मन्त्रीहरु नयाँ आएका हुन् ।
पेट्रोल सम्बन्धी निकायमा पुर्व प्रमुख कार्यकारी बाखित अल रसिदीलाई इसाम अल मर्जोकको सट्टामा तेल मन्त्री बनाइएको छ ।
पुजी बजार प्राधिकरणका पुर्वप्रमुख नायेफ अल हर्जाफले अर्थ मन्त्रीको जिम्मेवारी पाउनुहुने भएको छ ।
कतार मात्रै एउटा यस्तो खाडी मुलुक हो जहाँ सवै सांसदहरु निर्वाचित हुन्छन भने सरकार शासक परिबारको नियन्त्रणमा रहेको हुन्छ ।
–––
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…