जनप्रतिनीधी माथि कर्मचारी हाबी
विजय कुमार सिंह, धनुषा । धनुषाको मिथिला नगरपालिकामा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा जनप्रतिनीधीलाई हराउँदै कर्मचारीले जीत हात पारेको छ । प्रतियोगिताको सातौ दिन शुक्रवार भएको मैत्रिपूर्ण खेलमा कर्मचारीले जनप्रतिनीधीलाई १–० ले हराएको हो । विजया दशमीको अवसर पारेर मिथिला नगरप

२०७५ असोज २७ शनिबार, दिउँसो ३:२७ बजे१ मिनेट पढाइ

विजय कुमार सिंह, धनुषा । धनुषाको मिथिला नगरपालिकामा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा जनप्रतिनीधीलाई हराउँदै कर्मचारीले जीत हात पारेको छ ।
प्रतियोगिताको सातौ दिन शुक्रवार भएको मैत्रिपूर्ण खेलमा कर्मचारीले जनप्रतिनीधीलाई १–० ले हराएको हो । विजया दशमीको अवसर पारेर मिथिला नगरपालिका–९ स्थित रहेको वेंगाडावर युवा क्लवको आयोजना तथा मिथिला नगरपालिकाको सहयोगमा असोज २० गतेदेखि उक्त फुटवल प्रतियोगिता शुरु भएको भएको थियो ।
प्रतियोगिता अन्तर्गत शुक्रवार भएको मैत्रिपूर्ण खेलमा मिथिला नगरपालिकाका निर्वाचित जनप्रतिनीधि र नगरपालिकाका कर्मचारीवीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा निर्वाचित जनप्रतिनीधी टिमको नेतृत्व मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले गरेका थिए भने कर्मचारी टिमको नेतृत्व मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव रेग्मीले गरेका थिए ।
जनप्रतिनीधि र कर्मचारीबीचको खेलको निर्धारित समय सकिन केहि मिनेट बाँकी रहँदा कर्मचारीहरुले गोल गर्न सफल भएका थिए । जनप्रतिनीधिलाई १–० ले हराउँदै कर्मचारीहरु विजयी भएका छन् भने वडा नम्वर ९ र १० का वडासचिव गाया प्रसाद गुप्ताले म्यान अफ् दि म्याचको उपाधी हात पारेका थिए ।
विजेता कर्मचारी टिमलाई नगरपालिकाका मेयर महतोले शिल्ड प्रदान गरेका थिए । लालगढस्थितको खेल मैदानमा जनप्रतिनीधि र कर्मचारीहरुबीच भएको फुटबल प्रतियोगितामा दर्शकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
विजया दशमीको अवसरमा आयोजित मेयर कप फुटबल प्रतियोगितामा उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका १२ वटा टिमको सहभागिता रहेको वडा नम्वर ९ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता दिपकजंग थापाले जानकारी दिए । नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीवीच भएको फुटबल प्रतियोगिता मनोरञ्जनको लागि भएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…