सिरियाली सरकारी वार्ता टोली जेनेभा शान्तिवार्तामा पुनः सहभागी
जेनेभा, स्वीट्जरल्याण्ड, २६ मङ्सिर : सिरियाली द्वन्द्वबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा शुरु भै स्थगित रहेको शान्तिवार्तामा सहभागिता जनाउन सिरियाली सरकारी टोली सोमबार जेनेभा पुगेको संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष दूत स्टेफेन डे मिस्टुराले बताउनुभएको छ । सिरियाली सरकारी टोलीसँग निकट
२०७४ मंसिर २६ मंगलबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

जेनेभा, स्वीट्जरल्याण्ड, २६ मङ्सिर : सिरियाली द्वन्द्वबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा शुरु भै स्थगित रहेको शान्तिवार्तामा सहभागिता जनाउन सिरियाली सरकारी टोली सोमबार जेनेभा पुगेको संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष दूत स्टेफेन डे मिस्टुराले बताउनुभएको छ ।
सिरियाली सरकारी टोलीसँग निकट एक स्रोतले आफ्नो समूह डिसेम्बर २ मा साताको अन्त्यमा थप तयारी तथा आरामका लागि भनी स्थगित भएकोमा आइतबार वार्तास्थल आइपुगेको बताएको छ ।
राष्ट्रसङ्घले वार्ता डिसेम्बर ५ देखि शुरुहुने बताए पनि सिरियाली सरकारी टोली उक्त समयमा आएको थिएन ।
डे मिस्टुराले वार्ता शुरु हुनुपूर्व यस चरणमा दुई पक्षबीच देखिएको ठूलो समस्या भनेको आपसी विश्वासको कमी रहेको बताउनु भएको थियो ।
गत नोभेम्बर २८ मा शुरु भएको वार्ता डिसेम्बर १५ मा टुङ्ग्याउनेगरी तय भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…