काएरो र मस्कोबीच आणविक भट्टी निर्माण गर्ने सम्झौता
काएरो, इजिप्ट, २५ मङ्सिर : इजिप्टमा पहिलो आणविक भट्टी निर्माण गर्ने बिषयमा रसिया र इजिप्टबीच सोमबार औपचारिक सम्झौता भएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको काएरो भ्रमणमा भएको सम्भौता अनुसार भूमध्यसागरीय सामुद्रिक तटमा रहेको इजिप्टको दाबा क्षेत्रमा आणविक भट्टीको निर्माण गर्ने सहमति भएको हो । सम
२०७४ मंसिर २६ मंगलबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

काएरो, इजिप्ट, २५ मङ्सिर : इजिप्टमा पहिलो आणविक भट्टी निर्माण गर्ने बिषयमा रसिया र इजिप्टबीच सोमबार औपचारिक सम्झौता भएको छ ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको काएरो भ्रमणमा भएको सम्भौता अनुसार भूमध्यसागरीय सामुद्रिक तटमा रहेको इजिप्टको दाबा क्षेत्रमा आणविक भट्टीको निर्माण गर्ने सहमति भएको हो ।
सम्झौता रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र इजिप्टका राष्ट्रपति अव्देल फताह अल–सिसीको उपस्थितिमा भएको इजिप्टको राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो ।
सन् २०१५ को फेब्रुअरीमा चार ‘रिएक्टर’को आणविक भट्टी केन्द्र स्थापनाका लागि प्रारम्भिक सम्झौता भएको थियो । सम्भौता अनुसार सन् २०२२ सम्म उक्त आणविक भट्टीको निर्माण पूरा गरिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…