भारतको ओपेन कराँते च्याम्पियनसिप रेफ्रिमा 'मोनाष्टिक' का गुरु
प्रतियोगितामा जनकपुरधामबाट बिरेन्द्र कर्ण मात्र रेफ्रिको रुपमा छनोट हुन सफल भएका छन ।

२०७५ असोज १८ बिहीबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको आगरामा अक्टोबर ६ र ७ तारिखमा आयोजना हुनगईरहेको इन्डो नेपाल इन्टरनेशनल ओपेन कराँते च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन ।
खेलाडीहरुमा कुसल बस्नेत,राम सज्जन शर्मा,दिर्ग लामा,प्रेम गुरुङ्ग,सुमन रायमाझी,अनुज बल,अभिसेख बल,अर्पण थापामगर,पुजा खनाल र पुष्पराज खनाल रहेका छन । प्रतियोगितामा नेपालका सुरेन्द्र श्रेष्ठ,चित्र बहादुर पुलामी,बिरेन्द्र कर्ण,अशोक पहाडी,ज्ञानरत्न डंगोल र शिबराज खनाल रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।
जापान कराँते डो सोटो र्यु इन्टरनेशनल इन्डियाको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाली टोलीको नेतृत्व संघका प्रमुख प्रशिक्षक बिरेन्द्र कर्णले गरेका छन । प्रतियोगिता सफलताको कामना गर्दै प्रशिक्षक कर्णलाई बिहीबार जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल डाक्टर सोनु साहले एक कार्यक्रमका बिच विदाई गरेका छन ।
प्रतियोगितामा जनकपुरधामबाट बिरेन्द्र कर्ण मात्र रेफ्रिको रुपमा छनोट हुन सफल भएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…