मुख्यमन्त्रीको 'बेटी पढाउ- बेटी बचाउ' अभियान कता ? शौचको डरले पानीसम्म खादैनन् !
तिर्खाले छटपटीन्छ तर पनि शौँच लाग्ने डरले पानी खाँदैनन्

२०७५ असोज १८ बिहीबार, बिहान ८:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका—६ फुलकाहा स्थित श्री माध्यमिक विद्यालय भेडियाहीमा अध्ययनरत छात्राहरु महिनावारी भएको समयमा स्कूल आउनबाट वञ्चित हुने गरेकी छन् ।
विद्यालयमा चर्पीको व्यवस्था नहुँदा त्यहाँ अध्ययनरत बालिकाहरु महिनाबारीको समयाअवधिभरि पढ्न आउन सक्दैंनन् ।
विद्यालयमा सेनेटरी प्याड, प्याड फेर्ने स्थान र शौचालयको अभावमा बालिकाहरु महिनाबारी हुँदा घरमै बस्ने गरेका विद्यालयकी शिक्षिका महालक्ष्मि साहले बताईन् ।
‘महिनाबारी हुँदा हामी विद्यालय आउन सक्दैनौं,’कक्षा १० की छात्रा रुवी कुमारी चौरसियाले भनिन्,‘ विद्यालयमा चर्पी र प्याड चेन्ज गर्ने ठाउँ छैन । त्यसैले घरमा बस्नु पर्ने बाध्यता हुन्छ ।’
महिनाबारीको समयमा विद्यालय आउन नपाउँदा पढाई समेत प्रभावित हुने गरेको कक्षा १० की अर्का छात्रा रंगिला कुमारी यादवले बताइन् । ‘स्कूलमा खानेपानी र शौचालय छैन । शौच गर्न विद्यालय पछाडीको बास झ्यांगमा जानु पर्छ, ।’बस्ती नजिकै विद्यालय हुँदा बास झ्यांगमा पनि शौच गर्न बालिकाहरुलाई समस्या हुने गरेको छ ।
कक्षा ९ की छात्रा राधा कुमारीले भनिन् ,‘पैंतालीस मिनेटको घण्टी हुन्छ । बाहिर शौंच गर्न जानु पर्दा पढाई छुट्छ ।’ विद्यालयका शिक्षक, छात्रहरु बास झ्यांगमा शौच गर्न जाँदा छात्राहरुलाई स्कूल बाहिर पनि शौंच गर्न निकै समस्या हुने उनले बताइन् ।
‘शौंचालको अभावमा पढाई प्रभावित हुँदा छात्र भन्दा छात्राहरु कमजोर भइरहेका छन्,’ विद्यालयका शिक्षक दिलिप यादवले भने, ‘बालिकाहरु परिक्षामा फेल सम्म हुन्छन् ।’ विद्यालयमा रहेको दुई वटा शौचालय जीर्ण भइसकेकोले विद्यालयको शैक्षिक क्रियाकलपामा असर पर्ने गरेको उनले जनाए ।
‘विद्यालयमा हामी ६ घण्टा बस्छौं । तर, चाहेर पनि हामी एक गिलास पानी खान पाउँदैंनौं,’ शिक्षिका कान्तिदेवी यादवले भनिन्, ‘पानी खाए शौंच गर्न कहाँ जाने चुनौतीले तिर्खा लागेपनी पानी खानसक्दैंनौं ।’
विद्यायलमा बालिकाहरु महिनाबारी हुँदा त्यसको लागी सेनेटरी प्याड र प्याड फेर्ने वास सेन्टरको व्यवस्थापन विद्यालयले मिलाउनु पर्ने निमय रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई शत्रुधन यादवले जनाए ।
विद्यालयमा एउटा चपाकल छ । तर, चपाकलको पानी पिउन योग्य छैन । चपाकलको पानीमा बालुवा आउने गरेकोले बालबालिकाहरुलाई खानेपानी खान समस्या छ ।
विद्यालयमा ७ सय ३३ जना विद्यार्थी अध्ययरत छन् । जसमध्य े तीन सय २२ जना बालिकाहरु छन् । कक्षा ६ देखि नै बालिकाहरु महिनाबारी हुन थाल्छिन् । कक्षा ६ देखी १० सम्ममा विद्यालयमा एक सय ९० जना बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका प्रधानाध्यापक रामएकवाल यादवले जनाए ।
सो विद्यालयमा बिशेष गरेर छात्राहरुको उपस्थित रहने गरेको छ । उनीहरुलाई पढाउने शिक्षक नहुँदा प्रदेश नम्बर नं.—२ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमाथि नै प्रश्न चिन्ह उठेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…