तराईका जिल्लाहरुमा किसानहरुको लागि अमृत बर्षा
बर्षापछि किसानहरुले राहतका साँस लिएका छन् भने धानबालीको लागि पनि अमृत साबित भएको छ ।

२०७५ असोज १८ बिहीबार, बिहान ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आकाशे वर्षामा अहिले पनि आश्रित किसानहरुको लागि अमृत वर्षा भएको छ । धान बाली खेतमै चिरा परिरहेको बेला विहिबार विहान भएको मुसलेधार बर्षा किसानहरुको लागि अमृत साबित भएको छ ।
कैयौँ सातादेखि आकाशे बर्षा र पानीको प्रतिक्षामा दमकल, बोडिङबाट सिँचाई गर्दै आएका किसानहरु आज विहान परेको आकाशे बर्षापछि ठुलै राहत पाएका छन् ।अन्नको भण्डार मानिएको तराई मधेसका जिल्लाहरुमा बर्षा नहुँदा धानबाली खेतमा चिरा पर्न थालेको थियो भने किसानहरु समयमा सिँचाईको व्यवस्था नहुँदा चिन्तामा परेका थिए ।
आज विहान भएको बर्षापछि किसानहरुले राहतका साँस लिएका छन् भने धानबालीको लागि पनि अमृत साबित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…