काठमान्डौँको चोर जनकपुरमा, स्थानीयहरु गरे रामधुलाई !
घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।

२०७५ असोज ७ आइतबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा आज विहानै एक चोर चोरी गर्दागर्दै पक्राउ परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बाल्मिकी टोल बस्ने स्थानीय गोविन्द पाठककको घरमा चोरी गर्दा अवस्थामै आईतबार विहान करिब ४ बजे एक चोर पक्राउ परेका हुन् ।
पक्राउ परेपछि सोधपुछको क्रममा उनले आफ्नो नाम मंदीप ठाकुर बताएका छन् भने ठेगाना काठमान्डौँको नारायणथान बताएका छन् ।गोविंद र उनको छोरो सुतेको घरको ढोका थूनी अर्को कोठामा छिरेको अवस्थामा गोविंदको दाई गोपाल पाठकले स्थानीयलाई गुहार गरेका थिए।
चोर पक्राउपरे पछि स्थानियले वलवाटोल वाल्मीकि नगर प्रहरी चौकीलाई फोन गरेको तर फोन नलागेकोपछि स्थानिय आक्रोशित बनेका थिए। चोर प्रकाउ परेको एक घण्टा पछि प्रहरीलाई स्थानियले बोलाएपछि मात्र प्रहरी घटना भएको ठाउँमा पुगेर ती युवकलाई नियन्त्रणमा लिएका छन्। घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…