कतारमा पनि सिके राउतका समर्थकले मनाए “काला दिन”
“काला संविधान अन्त गर”, “स्वतन्त्र मधेश जिन्दावाद”, “डा. सिके राउत जिन्दावाद”, “काला संविधान मुर्दावाद” लगायतका चर्को नारा धन्काएका थिए ।

२०७५ असोज ४ बिहीबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कतार । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतका समर्थकहरुले खाडी मूलुक कतारमा पनि “कालो दिन” मनाएका छन् । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही खाडी मूलुक कतारमा बस्दै आइरहेका मधेशीहरुले कतारमा पनि कालो दिवस मनाएका हुन् ।
उनीहरुले नेपालको संविधानको विरोधमा कतारको विभिन्न ठाउँमा कालो दिवस मनाएका छन् । गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारले आयोजना गरेको विरोध कार्यक्रममा कतारमा रहेका मधेशीहरुले बाक्लो सहभागीता जनाएका थिए ।
गैर आवासीय मधेशी संघका सदस्य धमेन्द्र महतोको संयोजन तथा कृति मुखियाको अध्यक्षतामा भएको विरोध कार्यक्रममा उनीहरुले “काला संविधान अन्त गर”, “स्वतन्त्र मधेश जिन्दावाद”, “डा. सिके राउत जिन्दावाद”, “काला संविधान मुर्दावाद” लगायतका चर्को नारा धन्काएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…