महोत्तरीमा व्यापारीबाट दिनदहाडै ५ लाख लुट्ने ४ लुटेरा पक्राउ
प्रहरीले उनीहरुको साथबाट बा २३ प ४६०४ नं को पल्सर मोटरसाइकल समेत बरामद गरेको जनाइएको छ ।

२०७५ असोज ३ बुधबार, दिउँसो २:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । मँगलबार विहान दिनदहाडै ५ लाख रुपैयाँ लुटेर भाग्ने लुटेराहरुलाई बुधबार प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
मँगलबार दिउँसै महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ स्थित रहेको मरहा नदिमा त्यतिको रकम लुटेर भागेका थिए । पक्राउ पर्नेहरुमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मँगलबार दिउँसो उनीहरुको समूहले महोत्तरीको मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको पाँच लाख रुपैयाँ लुटेका थिए । घरबाट गौशाला जाँदै गरेका यादवलाई पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए ।
पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा २३ प ४६०४ नं को पल्सर मोटरसाइकल समेत बरामद गरेको जनाइएको छ ।
यस सम्बन्धी पहिलो समाचार
महोत्तरीमा दिनदहाडै लुटियो ५ लाख
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…