महोत्तरीमा दिनदहाडै लुटियो ५ लाख
महोत्तरीको गौशालाबाट एक व्यक्तिको साथबाट ५ लाख रकम लुटिएको हो ।

२०७५ असोज २ मंगलबार, दिउँसो ४:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा दिनदहाडै पाँच लाख रुपैयाँ लुटिएको छ । महोत्तरीको गौशालाबाट एक व्यक्तिको साथबाट ५ लाख रकम लुटिएको हो ।
मंगलवार गौशालातर्फ आईरहेको समयमा गौशाला ५ स्थित मरहानदीमा अज्ञात समुहले मनरासिस्वा नगरपालिका निवासी विनोद चौधरीको साथबाट ५ लाख रुपैयाँ लुटिएको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका अनुसार पैसा लिएर आईरहेको समयमा एक मोटरसाईकलमा आएका तीन जनाको अज्ञात समुहले चौधरीको साथाबाट सो रकम लुटेका हुन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…