रेलले ठक्कर दिँदा पाँच हात्तीको मृत्यु
नयाँ दिल्ली, २५ मंसिर : उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ । भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्त
२०७४ मंसिर २५ सोमबार, दिउँसो ३:३६ बजे१ मिनेट पढाइ

नयाँ दिल्ली, २५ मंसिर : उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् ।
आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ ।
भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन् । त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ ।
आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताउनुभएको छ ।
सन् २०११ मा भएको गणनाअनुसार आसाममा मात्र पाँच हजार ६२० वटा हात्ती रहेका छन् ।
भारतका अन्य राज्यको तुलनामा आसाममा रहेको यो सङ्ख्या बढी हो । आसाममा यस वर्ष मात्र करिब ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताउनु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…