मधेसको केही जिल्लामा रासायनिक मलको अभाव
राज्यले किसानहरुको मागप्रति पहिले पनि सम्बेदनशील नरहेको किसानहरुले आरोप लगाएका छन् ।

२०७५ भदौ ३० शनिबार, बिहान ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । मधेसका केही जिल्लाहरुमा रासायनिक मलको अभाव सृजना गरिएको छ । धानको बाली लाग्ने बेलामा रासायनिक मलको चर्को अभाव भएपछि अहिले मधेसका केही जिल्लाका कृषकहरु थप समस्यामा परेका छन् ।
मधेसका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही लगायतका जिल्लाहरुमा रासायनिक मलको चर्को अभाव हुँदा किसान र कृषकहरु ठुलो चिन्तामा भएका छन्। बजारमा रासायनिक मलको कमी भए पछि किसानले बाली लाग्ने बेलाको धानमा मल राख्न पाएका छैनन् ।
मल नपाउँदा ग्रामीण गरिब तथा विपन्न किसानहरुलाई धान खेतीमा कठिनाइ परेको औरही नगरपालिका स्थानीय किसान हृदय सुकदेव यादवले जानकारी जानकारी दिइन् । नेपाली बजारमा पाइने रासायनिक मल महँगो भएकाले आफूहरूले खरिद गर्न नसक्ने भएका छौ ।
रासायनिक मलको अभावले समयमा खेतमा मल छर्न नसक्नु भएकोले उत्पादनमा समेत ह्रास आउने एक किशनले दुख व्यक्त गरे । राज्यले किशनहरुको माग प्रति पहिले पनि समबेदन शिल नरहेको किसानहरुले आरोप लगाएका छन् । मुलुकको कुल जान जन्संखिया ७५ प्रतिसत जन्सङ्खय कृषि पेसा देखि नै आश्रित रहेको छ।
तरपनि समयमै मलखाद आपूर्ति अभाव हुनु दुखद रहेको किसान र कृषकहरुले बताए । देशमा बर्सिनी कृषि उपज ठुलो मात्रामा आयात हुनु र अर्का तिर मल अभाव हुनु चिन्ताको बिषय रहेको किसानहरुले जानकारी दिएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…