महोत्तरीमा घुस सहित एक प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा
भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट रुपैयाँ लिदै गर्दा सई यादवलाई रामगोपालपुरबाट पक्राउ गरेको हो ।

२०७५ भदौ २७ बुधबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले ५ ०००हजार घुस सहित इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ ।
कार्यालयका प्रहरी नायब निरीक्षक(सई) रामबाबु प्रसाद यादवलाई ५ हजार घुस लिदै गर्दा अख्तियारको टोलीले बुधबार दिउँसो रंगेहात पक्राउ गरेको हो ।
भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट रुपैयाँ लिदै गर्दा सई यादवलाई रामगोपालपुरबाट पक्राउ गरेको हो । घुस सहित पक्राउ परेका यादवको बारेमा अनुसन्धान भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…