सिरहामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी शाहले बताउनुभयो ।

२०७५ भदौ २७ बुधबार, बिहान ११:४६ बजे१ मिनेट पढाइ

सिरहा, न्यूज ब्यूरो । सिरहामा एकाविहानै एकजना पुरुषको शव भेटिएको छ । सिरहाको मिर्चैया नगरपालिका–११ सितापुरस्थित खाल्डोमा जमेको पानीमा बुधवार एकजना पुरुषको शव फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहका अनुसार आज (बुधबार) बिहान करिब ८ बजेको समयमा सितापुरस्थित रहेको चिप्लो सडक छेउको पानीमा डुबेको अवस्थामा शव फेला परेको थियो । स्थानीयहरुले सो पुरुषको शव बेवारिसे अवस्थामा भेटेपछि प्रहरीमा खवर गरेका थिए ।
मृतक पुरुषको पहिचान भने हुन सकेको छैन । अन्दाजी करिब ३० वर्ष उमेर भएका सो पुरुषको पातलो शरिर रहेको छ भने सेतो गंजी र कालो कटु लगाएका थिए ।
शवको प्रकृति हेर्दा सडकमा चिप्लेर खाल्डोमा परेपछि डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
शब पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पठाईएको ईप्रका मिर्चैयाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी शाहले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…