महोत्तरीमा डाकाले गोली, बम प्रहार गरी लाखौं लुटे, हतियार प्रहारबाट ५ घाइते
पटकपटक प्रहरीलाई गुहार गरेपनि उनीहरु हतियार नभएको बाध्यता देखाउँदै घटनास्थल नपुगेको स्थानियले बताए ।

२०७५ भदौ २३ शनिबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नं. ४ मा गएराती गोली प्रहार गरि लुटपाट भएको छ ।
राती करिव १२ बजे दश भन्दा बढी अपरिचित डाकाहरुले प्रहार गरेको गोलीको छरराले घरधनी अर्जुन भुजेल घाईते भएका छन भने अन्य चारजना समेत धारिलो हतियार प्रयोग गर्दा घाईते भएका हुन् ।
लुटपाट गर्ने वेला मोटरसाईकलमा चढी उद्धारको लागि आउदै गरेका आफन्तको मोटरसाईकलमा बम प्रहार गरेको पिडितको भनाई छ । डाकाहरुको प्रहारबाट घरधनी ४५ वर्षिय अर्जुन भुजेल,उनकी श्रीमति ४२ वर्षिय अंजु भुजेल,छोराहरु २५ वर्षिय अमित भुजेल र १८ वर्षिय दिपेन्द्र भुजेल तथा आफन्त सुमन बुढाथोकी घाईते भएका छन । उनीहरुको बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अवेर राती अर्जुनको घरमा लुटपाट गर्न आएका डाकाहरुले नगद सहित करिव १० लाख वरावरको गरहगना लुटेका छन । अर्जुन कि श्रीमति र आमाले समेत कानमा लगाईराखेको सुनको गहना समेत लुछेर लगेको छ ।
यता, प्रहरीले सोहि आरोपमा केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ ।
घटना स्थलबाट रातो कपडामा वेरिएको सुतली बमको टिना तिन थान र गोलीको खोका तिन थान फेला परेको प्रहरीको भनाई छ ।
यता, राती डाका परिरहदा नजिकै जमुनिया चोकमा ड्युटीमा खटिएको शसस्त्र र जनपद सहितको टोलीलाई सहयोगको लागि गुहार गर्दा हातहतियार नहुदा प्रहरी घटना स्थल जान डराएको स्थानियहरुको आरोप छ । हामीले पटक पटक प्रहरीलाई गुहार गर्यौ तर उनीहरु हतियार नभएको वाध्यता देखाउदै घटनास्थल पुगेनन स्थानियले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…